Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनशनरत डा.केसीलाई लिन धनगढी पुगेको सेनाको स्काइ ट्रक रित्तै फर्कियो

धनगढी। चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीमा आमरण अनसनमा बसेका डा.गोविन्द केसीलाई काठमाडौं लैजान धनगढी आएको स्काइट्रक फिर्ता भएको छ ।

उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक उनले काठमाडौं नजाने अडान लिएपछि धनगढीबाट फर्केको हो । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौं लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077