Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नागढुङ्गाबाट ७३ हजार नक्कली नोटसहित भोगान्द पक्राउ

काठमाडौं । प्रहरीले नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई प्रहरीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभात नागढुङ्गाबाट

खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोटसहित फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077