Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसबाट इन्धन आयात गर्ने पाकिस्तानको तयारी

एजेन्सी । पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल सुरु गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भर्खरै भएको भेटपछि एक वरिष्ठ सरकारी अधिकारीले यस विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् ।

उज्बेकिस्तानको समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनको सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो ।

पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनका अनुसार रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यताबारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मक रूपमा लिएको पाकिस्तानी दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077