Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिट बाँडफाँट सकस : गठबन्धनको बैठक निष्कर्षविहीन, सय सिटमा कुरा मिलेको दाबी

    सिट बाँडफाँट सकस : गठबन्धनको बैठक निष्कर्षविहीन, सय सिटमा कुरा मिलेको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिट बाँडफाँटका लागि आज बसेको गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेको हो । बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको बताइएको छ ।

    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज बसेको बैठकमा सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।



    बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता सहभागी दलका शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलका सदस्यसमेत सहभागी रहेका थिए ।



    बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माअ‍ोवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए ।

    बैठक भोलि बिहान ८ बजेका लागि फेरि बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार