Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बलात्कार अभियोगमा युवक कारागार चलान

कैलाली । कैलालीमा बलात्कार गरेको अभियोग लागेका युवक कारागार चलान भएका छन् ।

लम्कीचुहा नगरपालिका ९ बस्ने २१ वर्षीय सुदीप चौधरी जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार जबरजस्ती करणी मुद्दामा फरार रहेका चौधरीलाई गत १२ भदौमा कैलाली प्रहरीले ललितपुर महानगरपालिका-९ बाट पक्राउ गरेको थियो ।

१३ भदौमा जिल्ला अदालतमा पेश गरिएका उनलाई मंगलबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077