Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इंग्ल्यान्डसँग पाकिस्तान ६ विकेटले पराजित

एजेन्सी । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गरेको छ ।

कराचीमा मंगलबार राति इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

यस जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077