Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बन्दसूचीको रुजु र दर्तामै बित्यो रात

    बन्दसूचीको रुजु र दर्तामै बित्यो रात

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 600
    SHARES

    काठमाडौं । समय छँदा अलमल गर्ने र अन्तिम समयमा तातिने राजनीतिक दलको चाला समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने क्रममा पनि देखियो ।

    राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूची अन्तिम समयमा बुझाउँदा सोमबार रातभरि निर्वाचन आयोगलाई कामको निकै चाप पर्‍यो ।



    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको निर्वाचनको लागि उम्मेदवारको बन्दसूची बुझाउन असोज २ र ३ गते तोकिएको थियो । तैपनि अन्तिम दिन त्यसमाथि कार्यालय समय सकिने बेलामा मात्र दलहरू उम्मेदवारको बन्दसूची बुझाउन गएकाले त्यसको रुजु दर्ता प्रक्रिया मिलाउन रातभर समय लागेको थियो ।



    आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार उम्मेदवार बन्दसूची बुझाउने काम मंगलबार बिहान पाँच बजे सकिएको थियो । पहिलो दिन भने दुई दलले मात्र उम्मेदवारको बन्दसूची बुझाएका थिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार