Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पुरानै जनगणनाका आधारमा समानुपातिक उम्मेदवार

    पुरानै जनगणनाका आधारमा समानुपातिक उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 618
    SHARES

    काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पुरानै जनगणनाका आधारमा समानुपातिकतर्फ सिट निर्धारण हुने भएको छ ।

    २०७८ सालमा जनगणना भएर नयाँ तथ्यांक आए पनि पुरानै गणनाका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधित्व हुने भएको हो ।



    संविधानले जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गराउने व्यवस्था गरे पनि पुरानै जनसंख्याका आधारमा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।



    निर्वाचन आयोग र दलहरूले जनसंख्याका विषयमा चासो नदिँदा पुरानै तथ्यांकका आधारमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची आयोगमा बुझाउनुपरेको हो । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार