Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपेन्द्र यादव भन्छन् – राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको ठाडो उलंघन हो

    उपेन्द्र यादव भन्छन् – राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको ठाडो उलंघन हो

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 975
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन भएको टिप्पणी गरेका छन् ।

    बुधबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष यादवले प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुई/दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको बताएका हुन् ।



    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संसदको दुबै सदनबाट दुईर दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो।’



    राष्ट्रपतिको निर्णयलाई लिएर सत्तारुढ दलहरु विरोधमा उत्रिएका छन् । भने प्रमुख प्रतिपक्ष नेकपा एमालले भने कुनै पनि प्रतिक्रिया दिएको छैन् । केही नेताहरु राष्ट्रपतिको विरोधमा उत्रिएका छन् भने केही नेताहरु समर्थनमा खुलेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार