Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अखिल क्रान्तिकारीले राष्ट्रपतिको पुत्ला दहन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गर्दै बुधबार साँझ पुत्ला दहन गर्ने भएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अखिल क्रान्तिकारी आन्दोलित बनेको हो।

क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आज साँझ ५ गते देशव्यापी पुत्ला दहन कार्यक्रम सम्पन्न गर्ने तय भएको  सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

त्यसका लागि क्रान्तिकारीले सम्पूर्ण प्रदेश समिति , विश्वविद्यालय राष्ट्रिय समिति , जिल्ला समिति ,क्याम्पस समितिहरुलाई विशेष निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077