Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राष्ट्रपतिलाई संविधान उल्लंघन गर्ने छुट छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको भएको दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘म स्वयंले पनि राष्ट्रियसभाको बैठक र सार्वजनिक रुपमा विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ ।

हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो। हाम्रा विचारहरू राष्ट्रपति ज्यूले सरोकर देखाउनु भएका कतिपय विचारसँग पनि मेल खान्छन् ।’

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाइएको नागरिकता विधेयकका बारेमा बिभिन्न दृष्टिकोण र विचारहरु रहेको भन्दै उनले यसको सम्मान गरिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077