Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदम विरुद्ध कानुनी उपाय खोजिन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

राष्ट्रपतिले अहिले संविधान नै उल्लंघन गरेका कारण भविष्यमा पनि कानुन उल्लंघन गर्ने संभावना देखिएको तर्क उनले गरे ।

संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानुनी उपाय खोजिने बताए ।

कानुनी उपाय खोज्नेबारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077