Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अप्राकृतिक मैथुन मुद्दामा गैसस अध्यक्ष ढकाल कारागार चलान

विराटनगर । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल अप्राकृतिक मैथुन मुद्दामा कारागार चलान भएका छन्।

जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ढकाललाई मोरङ जिल्ला कारागार चलान गरिएको हो।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय मोरङले ढकालविरुद्ध मंगलबार अदालतमा अप्राकृतिक मैथान मुद्दा दर्ता गरेको थियो।

विराटनगर महानगरपालिका-१२ मा अभिभावकसँग बस्दै आएका १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप ढकालमाथि छ।

पीडित परिवारले किटानी जाहेरी दिएपछि गत भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि अनुसन्धान अघि बढाएको थियो । ढकाल एजुकेसन हेल्पलाइन मोरङका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077