Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बृहत् नागरिक आन्दोलनले भन्यो – राष्ट्रपतिले राजाको सिको गरिन्, पदबाट राजीनामा दिनू

    बृहत् नागरिक आन्दोलनले भन्यो – राष्ट्रपतिले राजाको सिको गरिन्, पदबाट राजीनामा दिनू

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 828
    SHARES

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बृहत् नागरिक आन्दोलनले विरोध गरेको छ।

    संसद्‌ले पारित गरेर पठाएको विधेयक प्रमाणित नगर्ने राष्ट्रपतिको कदम संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन भएको पनि आन्दोलनले उल्लेख गरेको छ ।



    संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने नभए उनलाई पदमुक्त गर्न महाभियोग लगाउनुपर्ने बृहत् नागरिक आन्दोलनको ठहर छ ।



    ‘राजाको सिको गर्न र कथित संवैधानिक राजतन्त्रको झल्को आउने गरी जनताको मतद्वारा निर्वाचित सार्वभौम संस्थाले गरेका निर्णय उल्ट्याउन गणतान्त्रिक व्यवस्थाले राष्ट्रपतिको गरिमामय पद सिर्जना गरेको होइन,’ विज्ञप्तिमा भनिएको छ,’संवैधानिक संस्कारलाई बलियो बनाउने, संविधानको रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको हो ।”

    ‘संविधान र व्यवस्थाको मर्मविपरीत राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन । कुत्सित उद्देश्यसहित बारम्बार संविधान एवम् लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यता धूलिसात बनाउने भण्डारी राष्ट्र प्रमुख जस्तो गरिमायुक्त पदमा बसिराख्नु सो पदको ओज घटाउनु हो,’ विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार