Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कपन आगलागी : मृतक तीनै जनाको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको कपनमा भएको आगलागीमा मृत्यु हुने तीनै जनाको परिचय खुलेको छ । बुधबार राति बूढानीलकण्ठ नगरपालिका–१० स्थित इलाइट हिमालयन एडभेन्चर प्रालिमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।

उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आगलागी हुँदा १ जना घाइते भएका छन् । घाइते हुनेमा कपन बस्ने कुशल बुढाथोकी रहेको प्रहरीले जनाएको छ।

उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । राम मन्दिरनजिकै रहेको ट्रेकिङ एजेन्सी कार्यालयमा रहेको अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको बताइएको छ ।

राति पौने ७ बजे लागेको आगो तीन घण्टापछि प्रहरी, स्थानीय, दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077