Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मेक्सिकोमा शक्तिशाली भूकम्प

एजेन्सी । मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो ।

६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

मेक्सिको सिटीमा सयौं किलोमिटर टाढा हजारौं भवनमा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077