Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्‍मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ ।

बिहीबार बसेको घोषणा पत्र तयारी समितिको बैठकले सहमहामन्त्री परियारलाई प्रवक्ताको जिम्‍मेवारी दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी भने महामन्त्री विश्वप्रकाश शर्मालाई दिइएको छ ।

उक्त समितिमा ६ जना सहमहामन्त्री, केन्द्रीय सदस्य र पार्टीमा आबद्ध विज्ञहरू सहित ४१ जना समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077