Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेनेस्की भन्छन् - रुसलाई कारबाही गरेमा हजारौँको आत्माले शान्ति पाउने छ

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएका उनले बताए ।

‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ’, उनले भने ।

यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनुपर्ने राष्ट्रपति जेलेनेस्कीको भनाइ छ । रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले ज्यान गुमाएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077