Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेस्तोल र ग्रिनेटसहित नेकपा (बहुमत) का नेता पक्राउ

जाजरकोट । जाजरकोटमा एक जनालाई प्रहरीले पेस्तोल र ग्रिनेटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्रबहादुर शाही (नविन) रहेका छन् ।

उनलाई पाँच राउन्ड गोली भएको पेस्तोल र प्लाष्टिक हेन्ड ग्रिनेटसहित जाजरकोट नलगाड-६ सिर्केबाट प्रहरीले पक्राउ गरेको हो । उनी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनको साथबाट दुई एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल एचजिलट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लाष्टिक हेण्ड ग्रिनेट फेला पारी पक्राउ गरिएको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएकामा सात दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077