Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इंग्ल्यान्डविरुद्ध घरेलु टोली पाकिस्तानको कीर्तिमानी जित

एजेन्सी । इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानले जित निकालेको छ ।

गएराति कराँचीमा भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भएको हो ।

भ्रमणकारी टोली इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै पाकिस्तान १० विकेटले विजयी भयो ।

यस जितसँगै ७ खेलको सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077