Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • समानुपातिकमा सिफारिसलाई प्रत्यक्ष निर्वाचनमा बन्देज

    समानुपातिकमा सिफारिसलाई प्रत्यक्ष निर्वाचनमा बन्देज

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 495
    SHARES

    काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष निर्वाचन कार्यक्रममा उम्मेदवार बन्न नपाउने भएका छन् ।

    निर्वाचन आयोगले आगामी २३ असोजका लागि पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन तोकेको छ भने समानुपातिक बन्दसूची दलहरूले आयोगमा गत २ असोजमै बुझाइसकेका छन् ।



    आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन पाउने छैनन् । निर्वाचन कानुनमा समेत सो व्यवस्था छ ।



    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १४ (२) मा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गर्न नपाइने कानुनी व्यवस्था छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार