Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी

    पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 480
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन् ।

    सदरमुकाम चौताराबाट एक दिन टाढा उत्तर–पश्चिममतर्फ रहेका यी बस्तीका मतदाताले पहिलोपटक गाउँमै भोट खसाल्न लागेका हुन् ।



    निर्वाचन आयोगले गाउँमै मतदान केन्द्र राखेर त्यहाँका मतदातालाई ऐतिहासिक अवसर दिएको हो । आयोगको यो निर्णयसँगै गाउँका धेरैले जीवनमै पहिलोपटक मतदान गर्दैछन् ।



    सिन्धुको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका–३ स्थित तेम्बाथान र तेगावासी यसअधिका निर्वाचनमा भने सामलतुमल बोकी भोट खसाल्न आधा दिन पैदल हिँडेर वडाकै गुम्बामा आउन बाध्य थिए । यी दुर्गम गाउँबाट गाउँलेको प्रतिनिधित्व गरेर केही मतदाता मात्र मतदानका लागि आइपुग्थे । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार