Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेना परिचालनको घोषणापछि रुस छाड्नेहरु बढ्दै, सीमा क्षेत्रतिर लाइन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि थप जनशक्ति भर्ति गर्ने घोषणा गरेपछि युद्धमा जाने उमेर समूहका पुरुषहरु देश छाड्नका लागि सीमा क्षेत्रतिर लाइन लागेका छन् ।

जर्जियाको सीमा क्षेत्रमा देश छाड्न चाहनेहरुको लामो लाइन लागेको दावी पश्चिमा मिडियाले गरेका हुन् । पुटिनले केही दिन अघि ३ लाख नयाँ भर्ति गर्ने कार्यक्रम ल्याएका थिए ।

हातमा पासपोर्ट बोकेका पुरुषहरुले सरकारले आफूहरुलाई पक्कै पनि युद्धमा धकेल्छ भन्ने लागेर देश छाड्न चाहेको बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरूद्धको युद्धका क्रममा देशमा आंशिक सेना परिचालन गरेपछि त्यसको विरोधमा रूसभर प्रदर्शन भइरहेको छ।

राष्ट्रपति पुटिनले युक्रेनको चार क्षेत्रमा तीन लाख रिजर्भ सेना तैनाथ गर्ने घोषणा गरेका छन्। यो घोषणासँगै आरक्षित सैनिकहरू देशबाट भागिरहेका छन्। शीर्ष कमाण्डरहरू पनि आरक्षित सेनाको तैनाथीमा विभाजित छन्।

रूसका अधिकांश सहरहरूमा एयरपोर्ट, बस र रेलवे स्टेशनहरूमा देश छोड्ने आरक्षित सैनिकहरूको संख्या बढिरहेको बताइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077