Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले नेता योगेश भट्टराई भन्छन् - राष्ट्रपतिले देशलाई पहिलो प्राथमिकतामा राख्नु भयो

बाँके । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रपतिको भुमिका संविधानभन्दा राष्ट्र माथी हुने तर्क गरेका छन् ।

प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले नागरिकता विधेयकले मुलुकलाई विभाजित गर्ने काम गरेको बताए।

उनले भने, ‘राष्ट्रपतिको भुमिका संविधानभन्दा राष्ट्र माथी हुन्छ, अहिले पनि राष्ट्रपतिले राष्ट्रलाई पहिलो प्राथमिकता दिनु भएको हो। ’

सभामुख सापकोटाले आफै संविधान मिच्ने काम गरिरहेको भट्टराईको आरोप छ। पदमा नरहेको ब्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार नरहेको बताए।

आसन्न निर्वाचनका लागि एमालेले अधिकांस निर्वाचन क्षेत्रबाट सर्बसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको दाबी गरे। उम्मेदवार सिफारिस गर्ने क्रममा एमालेभित्र विवाद नरहेको उनको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077