Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतसँग अस्ट्रेलिया ६ विकेटले पराजित

एजेन्सी । अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गएराति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

जितसँगै ३ खेलको टी–२० शृङ्खलामा एकरएकको बराबरी भएको छ । वर्षाका कारण मैदान भिजेपछि प्रभावित भएको खेल आठ ओभरमा झारिएको थियो ।

पाहुना टोली अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । त्यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो ।

पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077