Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इङ्ग्यान्डसँगको तेस्रो टी–२० खेलमा पाकिस्तान ६३ रनले पराजित

एजेन्सी । इङ्ग्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान पराजित भएको छ ।

गएराति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ग्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ग्यान्डले २–१ को अग्रता बनाएको छ ।

इङ्ग्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने पहिलो खेलमा इङ्ग्यान्ड ६ विकेटले विजयी भएको थियो । दुई देशबीचको चौथो टी–२० भोलि हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077