Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले कब्जामा लिएका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु

एजेन्सी । रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा जनमत सङ्कलन सुरु भएको छ ।

रुसको भाग बन्ने वा नबन्ने विषयलाई लिएर नागरिकको मत सङ्कलन सुरु भएको हो । पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिजा र खेअर्सनमा सुरु भएको मतदान पाँच दिनसम्म चल्नेछ ।

ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशतसम्म ओगट्छन् । रुसको यो कदमलाई लिएर युक्रेन र पश्चिमा देशहरूले चर्को आलोचना गरेका छन् ।

अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजना अनुसारको गैरकानुनी जनमत सङ्ग्रहबाट आउने परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन् ।

नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ । युद्ध चलिरहेको बेला निष्पक्ष र वैधानिक चुनाव हुन नसक्ने पश्चिमा देशहरूको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077