Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानको मस्जिदमा बिस्फोट : सातको मृत्यु, कम्तिमा ४० घाइते

काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन् ।

शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम बिस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने छ । सो बिस्फोटका हालसम्म कसैले पनि जिम्मा लिएको छैन ।

आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल माफी टकोरले मस्जिद नजिकै मुख्य सडकमा बिस्फोट भएको र सो घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077