Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जनकपुरमा रेल चढ्दै ओलीले भने - आफ्नो रेल, आफ्नो भूमिमा चढ्न पाउदा खुसी लाग्यो

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रेल, आफ्नो भूमि चढ्न पाउदा खुसी लागेको बताएका छन् ।

लोसपाबाट निर्वाचित सांसद उमाशंकर अरगरिया लाई पार्टीमा भित्र्याउन महिनाथपुर पुगेका ओलीले रेल चढ्ने क्रममा यस्तो बताएका हुन् ।

उनले भने, ‘आफ्नो रेल, आफ्नो भूमि चढ्न राम्रो लागेको छ। हामीले राम्रा काम गरेका छौँ। अहिले रेलमा जाँदै छौँ फर्कदा हामीहरुले बनाएको हुलाकी राजमार्गबाट आउँछौँ।’

मधेशका लागि यातायात कृषि आधुनिकरण, शिक्षा स्वास्थ्य लगायतका बिषयमा जोड दिनुपर्ने बताए। ओली एमालेका नेता कार्यकर्तासहित जनकपुरबाट रेल चढेर महिनाथपुर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077