Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

काठमाडौं । सरकारसँगको सहमतिपछि डा. गोविन्द केसीले अनशन तोडेका छन् । १३ दिनदेखि अनशन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

डा. केसी र सरकारबीच साझा समझदारी भएपछि सहमति भएको छ । सरकारी वार्ता टोली र डा।केसीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

डा. केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिए। तोकिएको दरबन्दीअनुसार चिकित्सक खटाउने सहमति भएको छ ।

यस्तै स्थानीय तहले निःशुल्क खरिद गर्नुपर्ने औषधिहरू प्रकृया पुर्‍याएर खरिद गर्ने विषयमा पनि सहमति भएको छ। गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कार्य अघि बढाउने लगायतका विषयमा सहमति बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077