Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाँउपालिका–३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ छन् ।

वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९०९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

उक्त एनएस २०० सीसीको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भइ हाल काठमाडौंको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयदे जनाएको छ ।

उक्त मोटरसाइकल गत भदौ १८ गते काठमाडौको हात्तीगौँडाबाट हराएको भनी मगरले निवेदन दिएका थिए।

उक्त मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077