Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१९ किलो चाँदीसहित एकजना भारतीय पक्राउ

धनुषा । धनुषामा करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले ५० बर्षिय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउदैं गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उनलाई १९ के.जी. ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077