Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आयात नियन्त्रण गर्ने सरकारी प्रयास विफल, दुई महिनामा झन्डै ३ खर्बको आयात

    आयात नियन्त्रण गर्ने सरकारी प्रयास विफल, दुई महिनामा झन्डै ३ खर्बको आयात

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 708
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ ।

    यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ । हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी उत्पादनबीचको अन्तर निकै बढी छ । आयात र निर्यातबीचको असन्तुलनले सरकारी प्रयास त्यसै खेर गएको देखिन्छ ।



    चालू आर्थिक वर्ष २०७९÷८० को वितेका दुई महिना साउन र भदौमा विभिन्न देशबाट नेपाल भित्रिने वस्तु आयातमा उच्च वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा झन्डै ३ खर्ब रुपैयाँको आयात हुँदा जम्मा २८ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । यो चालू आर्थिक वर्षको बितेका दोस्रो महिना भदौ मसान्तसम्मको विवरण हो ।



    भन्सार विभागको सोही तथ्यांकअनुसार चालू आवको भदौ महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बढीको आयात भएको थियो । अहिले गत आवको भन्दा १३ दशमलव शून्य १ प्रतिशतले आयात घटेको छ । राजधानी दैनिकब

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार