चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताएका छन् ।
प्रेस सेन्टर चितवनद्वारा आयोजित दशैँको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ। म प्रधानमन्त्रीको रेसमा छैन्।
राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो फैसला तपाईँहरूको हातमा छ। शान्ति प्रक्रियामा गिरिजा प्रसाद कोइरालासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ।’
प्रचण्डले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर आइरहेको बताए। तर उनले कहाँबाट त्यस्तो अफर आएको हो भने खुलाएनन्।
उनले राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको बताए।