Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ब्ल्याकमेल गरेपछि शिक्षकको हत्या, एक युवती पक्राउ

ओखलढुंगा । शिक्षक हत्याको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो।

ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपित महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरीका अनुसार मृतक ठाकुरले टर्चर दिएको कारण युवतीले ठाकुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित धमला पहिले ठाकुरकै विद्यार्थी रहेको र हत्याअघि उनीहरू प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

ठाकुर पहिले नै विवाहित रहेको छलमायासँग विवाह गर्न पनि नमानेको र छलमायाले अन्यत्र विवाह गर्न खोज्दा नाङ्गो फोटो र भिडियो भाइरल गरिदिने धम्की दिएको पक्राउ परेकी धमलाले प्रहरीलाई बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077