Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पत्नी सीतालाई लिएर आफ्नो नयाँ घरमा सरे प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई लिएर सोमबार आफ्नो नयाँ घरमा सरेका छन्।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-१४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको एकतले घरमा प्रचण्ड सरेका हुन्।

यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्।

काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077