Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ज्यान मुद्धामा फरार रहेका बिसी पक्राउ

बर्दिया । प्रहरीले ज्यानसम्बन्धी मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ बाट प्रहरीले ३६ वर्षीय टिकाराम शुढाक्षेत्री उर्फ श्याम बिसीलाई पक्राउ गरेको हो ।

२०७२ साउन १६ मा बिसीले गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरे हत्या गरेको आरोप छ ।

हत्यापछि फरार बुढाक्षेत्रीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

असोज ८ मा पक्रेर आरोपी विरुद्ध बर्दिया जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077