Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसको स्कुलमा गोलीबारी हुँदा १३ जनाको मृत्यु

एजेन्सी । मध्य रुसको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् ।

इज्हेभ्स्क सहरमा रहेको स्कुलमा भएको सो गोलीकाण्डमा मारिनेमा ७ जना विद्यार्थीहरू रहेका छन् ।

घटनामा आक्रमणकारीले आफैलाई गोली हानेको बताइएको छ । हालसम्म घटनाको कारण खुल्न सकेको छ । विद्यालय भवनलाई अहिले खाली गरिएको छ ।

स्थानीय अधिकारीले आक्रमणकारीले दुईवटा पिस्तोल बोकेर आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077