Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहियो : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्ररूपमा सर्वाङ्गीण विकासतर्फ अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

व्यास नगरपालिका ४ को व्यास युवा क्लबद्वारा आज सोमवार आयोजित तेस्रो व्यास युवा कप २०७९ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताएका हुन् ।

देशको समग्र विकास आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे ।

तनहुँलाई नेपालभरको नमुना जिल्लाको रूपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077