Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम खुकुलो

एजेन्सी । यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।

भोलि अर्थात् असोज १२ गतेदेखि लागू हुने गरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्क लगायता विभिन्न सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन नपर्ने खबर त्यहाँको खालिज टाइम्सले लेखेको छ ।

तर अस्पताल, क्लिनिक वा औषधि पसलहरूमा जाँदा भने मास्क अनिवार्य लगाउन पर्नेछ भने मस्जिदमा पनि मास्क अनिवार्य नै लगाउन पर्छ ।

यसका साथै सार्वजनिक यातायातका साधन चढ्दा पनि मास्क लगाउन पर्ने खबरमा उल्लेख छ । यी तीन क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा स्वेच्छाले मास्क लगाउँदा हुन्छ तर अनिवार्य भने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077