Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उम्मेदवारी दर्तासँगै सम्पत्ति विवरण पनि बुझाउनुपर्ने

    उम्मेदवारी दर्तासँगै सम्पत्ति विवरण पनि बुझाउनुपर्ने

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 696
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने भएको छ ।

    आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।



    ‘आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागु हुन्छ,’ उनले भने, ‘आचारसंहिता पालनामा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’



    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलसहित १३ राजनीतिक दलका प्रतिनिधिले आइतबार आयोगमा उपस्थित भई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

    आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन प्रचारप्रसार गर्न आफ्नोबाहेक अन्य क्षेत्रमा जान नपाउने व्यवस्था गरिएको छ ।

    निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले उम्मेदवारी दिँदा सिलबन्दी गरी सम्पत्ति विवरण पेस गर्नुपर्नेदेखि आफूले खर्च गर्ने अनुमानित रकम खुलाउनुपर्ने र बैंक वा वित्तीय संस्थामा खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था आचारसंहितामा उल्लेख छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार