Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजेन्द्र लिङदेनले भने - जनताले लोकतन्त्रका नाममा लुटतन्त्रको मार खाइरहेका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा रवीन्द्र मिश्रको अभाव खड्किरहेको बताएका छन्।

बुधबार राष्ट्रिय सभा गृहमा आयोजित राप्रपा र मिश्र समूह नेतृत्वको बृहत ध्रुवीकरण पक्षधर बीच एकता घोषणा कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले भने,'विगतका दिनमा राप्रपामा रवीन्द्रजीको अभाव खड्किरहेको थियो। यो एकता कोशे ढुंगा सावित हुन्छ। अब थप गतिका साथ अगाडि बढ्नुपर्छ।'

उनले राप्रपाका लागि मात्र नभइ आम मानिसको खुसीका लागि मिश्र समूह र राप्रपाबीच एकता भएको दावी गरे। उनले पार्टीमा कुनै प्रकारको असहज महशुस गर्ने वातावरण हुन नदिने मिश्रलाई वचन दिए।

जनताले तीन दशदेखि प्रजातन्त्र, लोकतन्त्रका रुपमा लुट तन्त्रको मार खाइरहेको भन्दै सीमित व्यक्तिको मुठीमा रहेको देशलाई मुक्त गराउन योग्यता र सक्षम भएका व्यक्ति राप्रपामा आउन आग्रह गरे।

उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्ना उम्मेदवार तयार गरेर अगाडि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077