Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली खिचडीजस्तो छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको निर्वाचन प्रणाली पनि खिचडीजस्तो भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने, 'मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौं, तर पूर्ण गर्न सकेनौं । पहिलो कुरा बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाति,

भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को, जुन शासकीय स्वरुप र निर्वाचन प्रणाली अपनायौं, त्यो खिचडी खालको अपनायौं ।’

उनले आफ्नो पार्टीको नाम फेरिएको भए पनि एजेण्डा एउटै रहेको बताए ।

पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै भट्टराईले आफूले निरन्तर अग्रगमनको कुरा गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077