Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईसीसी वरीयता : सन्दीप र दीपेन्द्रको सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० ब्याटिङ वरीयतामा नेपालमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् ।

आईसीसीले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयतामा ऐरी एक स्थान माथि पुगेका छन् । ब्याटिङको नयाँ वरीयतामा दीपेन्द्र ५९ औँ स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत् रहेको छ । कुशल ५४ औँ स्थानमा यथावत् रहेका छन् ।

यस्तै बलिङतर्फ सन्दीप लामिछाने एक स्थान वरीयता सुधार गर्दै ६१ औँ स्थानमा उक्लिएका छन् । दीपेन्द्र अलराउन्डर वरीयताको १० औँ स्थानमा कायमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077