Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लागुऔषधसहित दुई युवक पक्राउ

    लागुऔषधसहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 831
    SHARES

    काठमाडौं । काठमाडौं १३ बाफलस्थित सडक खण्डबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका १ घर भई हाल बल्खु बस्दै आएका २२ वर्षीय रामेश्वर साह र बाराकै बारागढी ०३ घर भई बल्खु बस्दै आएका २२ वर्षीय राजकुमार साह रहेका छन् ।



    उक्त सडक खण्डमा केही मानिसहरूले प्रतिबन्धित लागुऔषध बिक्री–वितरण, ओसार–पसार तथा सेवन गर्ने कार्य गरिरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।



    उनीहरूको साथबाट डाइजेपाम–९०० एम्पुल, नुर्फिन–९०० एम्पुल, फेनारगन–९०० एम्पुल गरी जम्मा २ हजार ७०० एम्पुल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    उनीहरु दुवैजना उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार