Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १० किलो चरेस र सालकको खपटा सहित तीनजना पक्राउ

    १० किलो चरेस र सालकको खपटा सहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 552
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागुऔषध चरेस करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका(७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिपकुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।



    आधारमा इलाका प्रहरी कार्यालय चित्लाङ र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार