Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ब्राउन सुगर र पेस्तोलको गोलीसहित चारजना प्रहरीको फन्दामा

    ब्राउन सुगर र पेस्तोलको गोलीसहित चारजना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । लागुऔषध ब्राउन सुगर र पेस्तोलमा लाग्ने गोलीसहित चारजना पक्राउ परेका छन् ।

    ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीबाट सोही नगरपालिका( ७ का ३१ वर्षीय सुरेश उप्रेती, सोही स्थानका लायेक लिम्बु, प्युठान घर भई भक्तपुर सिरुटार बस्ने मनोज थापा र भारत मधुवन घर भई काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता पक्राउ परेका हुन् ।



    उनीहरुलाई प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोषकुमार बुढाथोकीको टोलीले प्रक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।



    विशेष सूचनाको आधारमा चाँगाथलीका नन्दकुमार कन्दङ्वाको घरबाट उनीहरुलाई बुधबार दिउँसो १ बजे पक्राउ गरिएको थियो ।

    उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर, पेस्तोलमा लाग्ने दुई थान गोली अन्य अवैध सामान बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार