Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोली, पेस्तोल र लागूऔषधसहित चारजना पक्राउ

    गोली, पेस्तोल र लागूऔषधसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 1.1K
    SHARES

    हेटौँडा । मकवानपुरमा गोली, पेस्तोल र लागुऔषधसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, एक थान गोली र लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टबाट प्रहरीले बाजुराको हिमाली नगरपालिका–१ का ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी (सुस्ता पूर्व)को कावासोती नगरपालिका– ५ बस्ने ५७ बर्षीय वीरबहादुर थापामगरलाई पक्राउ गरेको हो ।



    प्रहरीले उनीहरूलाई हेटौँडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २५३७ नम्बरको बसको सिटमुनि राखेको झोलाबाट एकथान पेस्तोल, एक थान गोली र दुईवटा प्लास्टिकको झोलामा सेतो रंगको पाउडरजस्तो देखिने धुलो पदार्थ करिब दुई किलो सात सय ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    शुक्रबारै प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा। प्र ०१–००१ ख ५८६८ नम्बरको इलेक्ट्रिक गाडीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।

    प्रहरीले तनहुँको व्यास नगरपालिका–६ का ३२ वर्षीय बमबहादुर विकले दुवै खुट्टाको घुँडामुनि र तिघ्रामा टेपले बेरेर ल्याएको अवस्थामा डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नुफिन २५ एम्पुल बरामद गरेको छ ।

    सोही बसमा आएका नवलपरासीको देवचुली नगरपालिका–७ का ३० वर्षीय अर्जुन विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उहाँले कम्मरको भागमा लुकाएर ल्याएको अवस्थामा लागुऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल, नुफिन ६ एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    पक्राउ परेका चारैजनामाथि प्रहरीले थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार