Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लागुऔषधसहित धनबहादुर पक्राउ

    लागुऔषधसहित धनबहादुर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 801
    SHARES

    कैलाली । कैलालीमा लागुऔषध (चरेस) सहित एकजना पक्राउ परेका छ । पक्राउ पर्नेमा बझाङको चिरबिथ्थड गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय धन बहादुर बोहरा रहेका छन् ।

    उनलाई आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआईटी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको ज्ञानु प्लाजा होटेल नजिकबाट पक्राउ गरेको हो ।



    सुपप्र ०४००१प१४६७ नम्बरको मोटरसाइकल चालक बोहरालाई शंका लागि चेकजाँच गर्दा चरेस जस्तो देखिने कालो पदार्थ कुल तौल १ किलो ४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    उनीमाथि प्रहरीले थप अनुसन्धान कार्य थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार