Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भरुवा बन्दुक र लागुऔषधसहित दुईजना पक्राउ

    भरुवा बन्दुक र लागुऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 633
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भरुवा बन्दुक र लागुऔषधसहित उदयपुरबाट दुईजना पक्राउ परेका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा बेलका नगरपालिका–६ का २४ वर्षीय दिपेश राई र बेलका–९ का ३० वर्षीय भूपेन्द्र राई छन् ।



    शुक्रबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    दिपेशको घर तलासी गर्दा ‘लोड’ गरेर राखिएको अवस्थामा भरुवा बन्दुक एकथान, त्यसमा लाग्ने बारुद, नियन्त्रित लागुऔषध ट्रामाडोल १२ चक्की र गाँजा ५१० ग्राम फेला पारी दुवैजनालाई पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार